नेपालबारेको अमेरिकी रिपोर्ट : कुमार पौडेलदेखि निर्मला पन्तको हत्याको विषय समावेश


प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहीबार

अमेरिकाले नेपालबारेको मानव अधिकारसम्बन्धि रिपोर्ट सार्वजनिक गरेको छ । विश्वब्यापी मानवअधिकार रिपोर्ट सार्वजनिक गर्ने क्रममा नेपालबारेको रिपोर्ट पनि सार्वजनिक गरिएको हो । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टका अमेरिकाका विभिन्न निकायहरुले श्रोतको रुपमा प्रयोग गर्दै आएका छन् । अमेरिकामा एसाइलम स्वीकृतका सम्बन्धमा समेत यो रिपोर्टको प्रयोग गरिदै आएको छ ।

रिपोर्टमा नेपाल सरकारले विभिन्न मानवअधिकार उल्लंघनका घटनाहरुबारे अनुसन्धान गरेको तर कानुनको उल्लंघन गर्ने अधिकारी र सुरक्षा निकायलाई जवाफदेही बनाउन नसकेको उल्लेख छ । सुरक्षा अधिकारीहरुले पछिल्ला वर्षहरुमा प्रदर्शन नियन्त्रणका नाममा अत्याधिक शक्ति प्रयोग गरेको आरोप लगाइएको छ ।

नेपाल सरकार र सरकारका प्रतिनिधिहरुले गरेको गैरन्यायायिक हत्याका सन्दर्भमा अमेरिकाले सुची नै प्रकाशित गरेको छ । खासगरी सुचीमा जुन २० मा सर्लाहीमा विप्लवको पार्टीका नेता कुमार पौडेलको हत्याको विषयलाई सुरुमै समावेश गरिएको छ । विभिन्न मानवअधिकारवादी संगठनले यो इन्काउन्टर नक्कली भएको बताएपनि अहिलेसम्म कुनै प्रहरी अधिकारीबिरुद्ध कारवाही नगरिएको विषय रिपोर्टमा समावेश छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

निर्मला पन्तको हत्या र बलात्कारको सन्दर्भमा अहिलेसम्म कुनै पनि संदिग्धलाई हिराशतमा नलिइएको तथा प्रदर्शनकारीमाथि गोली चलाइएको विषयपनि रिपोर्टमा उल्लेख छ । साथै भक्तपुरमा ११ बर्षका बालक निशान खड्काको अपहरणमा संलग्न भएको भन्दै प्रहरीले गरेको इन्काउन्टरका बारेमा समेत प्रश्न उठाइएको छ ।

जातीय आधारमा हुने भेदभाव, केही आदिवासी समुहलाई भएको भेदभाव, रोजगारका सन्दर्भमा भएको भेदभावलाई रिपोर्टमा उल्लेख गरिएको छ । यस्तो भेदभाव निकै चर्को रहेको र तराई तथा ग्रामिण क्षेत्रमा यसलाई सामान्य मानिने रिपोर्टमा उल्लेख छ । संविधानले जातीय विभेदलाई गैरकानुनी ठहर गरेपनि व्यवहारत यो कार्यान्वयन नभएको रिपोर्टमा उल्लेख छ ।

पछिल्ला बर्षमा समलिंगी तथा तेश्रो लिंगीमाथि हुने दुब्र्यबहारका घटनामा कमी आएको रिपोर्टमा उल्लेख छ । शहरी क्षेत्रमा सरकारी अधिकारीहरु र सर्वसाधारणले गर्ने विभेद र दुब्र्यहारमा कमी आएपनि त्यस्तो विभेद र दुब्र्यबहार कायमै रहेको रिपोर्टमा उल्लेख छ । तर समलिंगी तथा तेश्रोलिंगीमाथि प्रहरीले दुब्र्यबहार गरेको रिपोर्टमा उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com