यो बर्षका ४ सुपरमुनमध्ये न्युयोर्कबाट देखिएको आजको सुपरमुन (फोटो फिचर)


प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार

– युवराज भट्टराई (सबै तस्वीर)

आज सुपरमुनले न्युयोर्कको आकाशलाई उज्यालो बनाएको छ । आजदेखि देखिने सुपरमुन सोमबार र मंगलबार रातीपनि देखिने नासाले जनाएको छ । अर्थात् तीनदिनसम्म सुपरमुन हेर्न सकिने भएको छ । यो तस्वीर न्युयोर्कको क्वीन्सबाट खिचिएको हो ।

सुपरमुन त्यतीबेला देखिन्छ, जतिबेला चन्द्रमा ९० प्रतिशत परिधिभित्र हुन्छ । अरुदिनको तुलनामा सुपरमुन ठूलो र उज्जवल देखिन्छ । मार्चको पूर्णिमालाई पूर्ण किराचन्द्रका रुपमा समेत लिइन्छ ।

 

अमेरिकामा बर्षको प्रत्येक पूर्णिमाका लागि चन्द्रमालाई फरकफरक नाम दिइन्छ । मार्चमा जमिन नरम हुने र गड्यौडाहरु देखापर्ने तथा त्यसलाई चराले आहारको रुपमा प्रयोग गर्ने भएकाले यो चन्द्रमालाई किराचन्द्र भनिएको हो । आजको चन्द्रमा वशन्त ऋतुसँग समेत सम्बन्धित रहेको छ ।

 

सामान्यतया बर्षमा १२ वटा पूर्णिमा हुनेगर्छन् । तर सन् २०२० को अक्टोबरमा भने दुईवटा पूर्णिमा हुने भएका छन् । एउटा अक्टोबर १ मा र अर्को अक्टोबर ३१ मा ।

 

एउटैमहिना दुईवटा पूर्णचन्द्रको उदयलाई ब्लुमुन भनिन्छ । अक्टोबरको ३१ मा हलोइनका दिनमा पूर्णचन्द्रमा उदाउने भएकाले यसपटक साँच्चीकै ब्लुमुन हुने भएको छ ।
सन् २०२० मा ४ वटा सुपरमुन देखिनेछन् । अर्को सुपरमुन अप्रिल १७ मा देख्न सकिने जनाइएको छ । सुपरमुनका बेलामा समुन्द्रमा ज्वारभाटाहरु बढ्ने गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com