मन्त्री थापा स्वास्थ्य शिविरमा


प्रकाशित मिति : चैत्र ११, २०७३ शुक्रबार

नेपाली नागरिकलाई आफनै मुलुकमा पर्याप्त र गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यका साथ आफू लागि परेको बताउनु भएको छ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटको गौरमा भईरहेको निःशुल्क साताव्यापी सघन स्वास्थ्य शिविर अबलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पर्याप्त स्वास्थ्य सेवा नभएर नै शिविरमा भिड भएको बताउनु भयो ।

स्वास्थ्य मन्त्री थापाले अस्पतालको सुदृढिकरणको लागि देशैभरी थप कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिनुभयो । चिकित्सक तथा स्वास्थ्यकर्मी, औषधी र उपकरणहरु गाउ गाउ पठाई सकिएको बताउदै उहाँले आकस्मिक शल्यक्रिया सहितको सेवा जिल्ला अस्पतालबाट सुरु गराउन लागिएको उल्लेख गर्नुभयो ।

गत ८ गते देखि सुरु भएको निशुल्क सघन स्वास्थ्य शिबिरमा पाठेघरको समस्या, हाइडोशील, हर्निया, फेस्टुला, बासिर, भगन्दर लगायतका रोगहरुको शल्यक्रिया मार्फत् उपचार सेवा दिइएको छ । शुक्रबार सम्म ४२४९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ भने ७७ जनाको शल्यक्रिया गरिएको छ ।

शुक्रबार मात्रै ४०३ जना पुरुष र ४२४ जना महिला गरी ८२७ जनालाई स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधी पनि वितरण गरिएको नेपाली सेनाका कर्नेल दिपक अधिकारीले बताउनुभयो । उहाँका अनुसार शुक्रबार २५ जनाको शल्यक्रिया गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरुमा विहान ९ बजेदेखि बेलुका पाँच बजे सम्म मात्रै शिविर संचालन गर्ने भनिएपनि अत्याधिक भिड भएपछि विहान ७ बजेदेखि बेलुका ५ बजे सम्म स्वास्थ्य परिक्षण गरिएको छ भने शल्यक्रिया बेलुकी १० बजे सम्म पनि हुने गरेको उहाँले बताउनु भयो ।

शिविरमा एक दर्जन भन्दा बढी जिल्लाका बासिन्दा र केही भारतीय नागरिकहरु समेत आएका छन् । उहाँका अनुसार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका गरी ३० जना चिकित्सक सहित एक सय भन्दा बढी स्वास्थ्यकर्मीहरु शिविरका लागि खटिएका छन् ।

आगामी १४ गते सोमबार सम्म हुने शिविरमा स्वास्थ्य शिविरमा मोवाइल हस्पीटल मार्फत् ५० बेड क्षमताको अस्पतालले दिने सुविधा दिइएको छ भने विभिन्न सरकारी अस्पतालका श्रोतसाधनहरुको पनि प्रयोग गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com