युवराज खतिवडा पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त


प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार

राष्ट्रपति विद्या देवी भण्डारीले डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ । उहाँ आजै चार बजे शपथ ग्रहण गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि खतिवडालाई मन्त्री पदमा नियुक्त गर्न सिफारिश गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले उहाँलाई प्रधानमन्त्री ओलीले सम्हाल्नुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकिएको बताउनुभएको छ ।

अर्थमन्त्री खतिवडा राष्ट्रिय सभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि मंगलबार मन्त्री पदबाट राजिनामा दिनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संविधानको धारा ७८ ले संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिशमा संघीय संसदको सदस्य नभएको कुनै पनि व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ ।

उक्त व्यवस्थाको उपधाराले नियुक्त मन्त्रीले शपथग्रहण गरेको छ महिनाभित्रै संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने व्यवस्था गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com