प्रवासी नेपाली एकता मञ्च अमेरिकाले भन्यो हामीले नेकपा चिन्दैनौं


प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार

नेपाल कम्यूनिष्ट पार्टी निकट भनेर चिनिएको प्रवासी नेपाली एकता मञ्च अमेरिकाले पार्टीसंग आफ्नो संस्थाको कुनै साइनो नभएको प्रष्ट्याएको छ । नेकपाको संगठन भनेर परिचय बनाएको प्रवासी मञ्चले यो स्वतन्त्र सामाजिक संस्था भएको र नेकपासंग कुनै साइनो नरहेको प्रष्ट्याएको हो । न्यूयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरी संयोजक टेक गुरुङ सहित चार जना पदाधिकारी र चालिस जना सदस्य रहेको समिति समेत सार्वजनिक गरिएको छ ।

हामी स्वतन्त्र सामाजिक संस्था हौं, यहाँको बिधि बिधान अनुसारनै हामी चल्छौं, न्यूयोर्कमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक गुरुङले भने यो संस्थासंग नेकपाको कुनै रिलेशन छैन् । हामीले अब नेकपाका नेताहरुलाई बिमानस्थलमा लिन जाने, पुराउने या यस्तै अन्य राजनीतिक कृयाकलाप गर्दैनौं ।

सबै नेकपा निकटका मान्छे राखेर संस्था बनाउने अनि स्वतन्त्र संस्था हौं भन्न मिल्छ भन्ने पत्रकारको जिज्ञासामा संयोजक गुरुङले भने हामी नेपालमा हुँदा कुनै राजनीतिक दलमा आवद्ध थियौं होला अहिले हामी अमेरिकामा छौं, धेरै साथीहरु यो देशको नागरिक भईसक्नु भएको छ अब नेपालका राजनीतिक दलको डम्फु बजाएर काम छैन् ।

हामी यहाँ नेकपाको राजनीति गर्दैनौं, तदर्थ समितिका महासचिव शंकर पन्तले भने, यहाँको कानुनलाई टेकेर संस्था स्थापना गरेका थियौं, यो एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने संस्था हो, चाहे त्यो प्रवासमा होस या नेपालमा । उनका अनुसार अमेरिकामा रहेका सबै नेपालीलाई समेटेर अगामी जुलाई सम्म अधिवेशन गरिसक्ने जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समितिमा रहेका एक सदस्य राधाकृष्ण देउजाले संस्था गठन र नेकपा बारेमा प्रष्ट पर्दै भने, नेपालबाट आएका हामी सबैमा कुनै न कुनै राजनीतिक दलको पृष्ठभुमी छ, तर यो बिशुद्ध सामाजिक संस्था हो, यो संस्थाले नेकपा नामको पार्टी चिन्दैन् । नेकपाको उपल्लो निकाय सचिवालयले पनि प्रवासमा कुनै कमिटि नरहने भनेको छ, देउजाले थपे, त्यसैले पार्टीले कुनै व्यक्तिलाई पार्टीले संयोजक तोकर दिएको भन्ने कुरामा सत्यता नभएको जनाउँदै छापिएका लेटर हेडमा आफुले विश्वास नगर्ने बताए ।

केही संचार माध्यममा हालै बनेको यो संस्थालाई माधव नेपाल पक्षको समुह भनेर गरिएको प्रचार बारेमा संस्थाले आपत्ती जनाएको छ । हाल सम्म यो संस्थाले पार्टी निकटका नेताहरु आउँदा सार्वजनिक रुपमै ब्यानर बनाएर कार्यक्रम गर्दै आएको थियो । अमेरिकामा पूर्व एमाले निकट भनेर प्रवासी नेपाली मञ्च र पूर्व माओवादी निकट भनेर जनप्रगतीशिल मञ्च अमेरिकालाई चिनिन्थ्यो । पार्टी एकिकरण भएपछी नेकपाले प्रवासी मञ्चका प्रभु थापा संयोजक र जनप्रगतीशिल मञ्चका प्रकाश अधिकारी सचिव रहेको समिति बनाएको समाचारहरु आईरहेका छन् ।

जनप्रगतीशिल मञ्चका प्रकाश अधिकारीले आफ्नो नाम समेत जोडेर पार्टीले समिति बनाएको भन्ने बारेमा सामाजिक सञ्जाल फेसबुकमा आपत्ती जनाएका छन् । संयोजक भनिएका थापासंग सम्पर्क हुन सकेन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com