कलाकार दिक्पाल कार्कीले आफ्नो जन्मदिनमा दिए उद्दार गरिएकालाई उपहार


प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार

जन्मदिनमा अब जन्मदिन भएको व्यक्तिले उपहार लिने चलन पुरानो हुन लागिसकेको छ । विस्तारै जन्मदिनमा परोपकारी कार्य गरेर जन्मदिन मनाउने चलन विकाश हुँदै गएको छ । कलाकार तथा मिस्टर मोडल अफ द वल्र्ड २०१८ दिक्पाल कार्कीले यस्तो परोपकारी कार्य गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

उनी आफ्नो जन्मदिनमा विभिन्न खाद्यसामाग्रीहरु उपहार बोकेर ललितपुरको कुसुन्ती हाइटमा रहेको नेपाल स्नेही काखमा पुगे, जहाँ सडकबाट उद्दार गरिएका ६० जनाभन्दा धेरैलाई संरक्षण प्रदान गरिएको छ । मानसिक सन्तुलन गुमाएका, विक्षिप्त भएका, सडकमा अलपत्र परेकाहरुलाई यो संस्थाले उद्दार गरेर संरक्षण प्रदान गर्दै आएको छ , जसमा कैयन बालबालिकासमेत छन् ।

त्यहाँ पुगेर उनले दिक्पालले उद्दार गरिएकाहरुमाझ जन्मदिनमात्र मनाएनन्, उनीहरुलाई केक समेत खुवाए । जन्मदिन मनाउने क्रममा दिक्पाल निकै भावुक समेत भएका थिए । पहिलोपटक आश्रममा जन्मदिन मनाउन पाउँदा आफू खुशी र भावुक भएको दिक्पालले खसोखासलाई बताए । दिक्पाल उक्त आश्रममा यसअगाडि पनि विभिन्न सहयोग सामाग्रीहरु लिएर पुग्ने गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिक्पालले अहिलेसम्म झण्डै एकसय म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्राण्डहरुका लागि समेत अभिनय गरेका उनले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय शोहरुमा मोडलिङ गरेका छन् ।

यो आश्रम कैयन म्युजिक भिडियोमा अभिनय गरिसकेकी रंगकर्मी श्रीनेहा पोखरेलले संचालन गरिरहेकी छिन् । उनले १० बर्षदेखि नेपाल स्नेही काख संचालन गर्दै आएकी छिन् । उनले म्युजिक भिडियो, टेलिचलचित्र, नाटक लगायतबाट प्राप्त पारिश्रमिकको अंशसमेत यसैमा खर्चदै आएकी छिन् ।

आश्रममा जन्मदिन मनाउँदाको भिडियो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com