नेपालीलाई उद्धार गरी ल्याएका विमान चालकदलका सदस्य क्वारेन्टाइनमुक्त


प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार

चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्धार गरेका ल्याएका विमान चालक र चालकदलका सदस्यसहित १८ जना क्वारेन्टाइनमुक्त भएका छन् ।

दुई साता लामो क्वारेन्टाइनपछि जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु मुक्त भएको स्वास्थ्य सचिव खगराज बरालले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । उनीहरुलाई खरिपाटी र नगरकोट राखिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com