पूर्वजर्नेलको घरमा हुलहुज्जत र तोडफोड गर्न बच्चा बोकेर पुगेकी महिलामाथि प्रहरीको लाठी


प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घर घेर्न पुगेका मध्ये बच्चा बोकेकी एक महिलामाथि प्रहरीले लाठी प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त लाठी प्रहार भएको घटनामा महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको जनाइएको छ ।

खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हान्ने इन्सपेक्टर पौडेलमाथि छानविन गर्न प्रहरी प्रधान कार्यालयबाटै निर्देशन भएको थियो । शाह थरकी एक महिलाले खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै केही महिलाहरु लिएर उनको घर घेर्न पुगेकी थिइन् । प्रहरीले शुक्रबार उनीहरुलाई लखेट्ने क्रममा बच्चा बोकेकी महिला हेमा श्रेष्ठलाई लाठी हानेको हो ।

अर्काको घरमा छिरेर हुलहुज्जत र तोडफोड गरेपछि बल प्रयोग गरेको प्रहरीले जनाएको छ । बिहीबार महिलाको एक हुल युट्युबरसहित खत्रीको घरभित्र छिरेर तोडफोड गर्न थालेपछि घरमा रहेकी छोरीले पूर्वजर्नेल खत्रीलाई खबर गरेकी थिइन् । घरमा खत्रीकी छोरी मात्र थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खत्रीले प्रहरीमा खबर गरेपछि इन्स्पेक्टर पौडेल नेतृत्वको टोली उनको घरमा पुगेको थियो । त्यसक्रममा प्रहरीले बल प्रयोग गरेको थियो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनु पर्ने व्यवस्था गरिएको छ।

शाहले खत्री आफ्नो श्रीमान भएको र दुई दशकदेखि सँगै बसेको दाबी गर्दै आएकी छिन् ।  तर खत्रीले द्वन्द्वको समयमा शाह आफ्नो एक जना सूचक मात्र भएको दाबी गरेका छन् । त्यसबाहेक कुनै सम्बन्ध नरहेको उनको दाबी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com