अमेरिकी दूतावासमा काम गर्ने नक्कली परिचयपत्र देखाएर अमेरिका पठाइदिन्छु भन्दै ठग्ने पक्राउ


प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार

– रामेश्वर शर्मा भुर्तेल 

अमेरिकी दूतावासमा काम गर्ने कर्मचारी भएको नक्कली परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नंम्बर ९ घर भइ काठमाडौंको थलीमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो।

खडकाले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको पाईको छ। प्रहरीले पिडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खडकाले अहिलेसम्म १० जना भन्दा व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म ठगी गरेको पाइएको छ। पीडितहरुले विभिन्न प्रलोभन देखाएर आफूहरुबाट पटक पटक पैसा लिएको बताएका छन्।

खडकाले सुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाउँ लिदै तपाईको नम्बर लिएको बताउने गरेको पिडितहरुले बताएका छन्।

काठमाडौंको बानियाँटारमा बस्दै आएका भिमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकन राजदूतावासको आइडी कार्ड देखाएर दूतावासको मान्छे हुँ भनेर बताएको र दूतावासमा काम गर्ने
मारिया भन्ने व्यक्तिको फोटो समेत देखाएकोले आफुहरुले विश्वास गरेको बताए।

उनले आफ्नो धरानमा रहेका बहिनी ज्वाइलाई भेटेर अमेरिका लैजाने भन्दै ठगि गरेको बताए। काठमाडौंमा पनि महाराजगंजको प्रहरीबिट अगाडि रहेको कफि हाउसमा बोलाएर कुरा गर्ने र पैसा लिएको बताए।

खडकाले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफुहरुलाई लोभ देखाई प्रलोभनमा पारेको पिडितहरुले बताएका छन्। खड्काले बैंक र आइएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकोले नगद नै बुझाएको उनिहरुको भनाई छ।

खडकाले पटक पटक शंका लाग्नेगरी कुरा गरेपछि पिडितहरुले प्रहरीमा उजुरी दिएका हुन्। रकम दिने वेलामा खडकाको फोटो खिचेको आधारमा आफुहरुले प्रहरीमा उजुरी दिएको समेत उनीहरुले बताए।

खडकाले पटक पटक शंका लाग्नेगरी कुरा गरेपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका हुन्। रकम दिने वेलामा खडकाको फोटो खिचेको आधारमा आफूहरूले प्रहरीमा उजुरी दिएको समेत उनीहरूले बताए। खडकाले अहिलेसम्म १० जनाभन्दा बढीलाई ठगी गरेको पाइएको छ।

त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पीडितहरूले बताएका छन्। प्रहरीले भने खडकालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com