वामदेवलाई राष्ट्रिय सभामा सदस्य बनाउने नेकपाको निर्णय 


प्रकाशित मिति : फाल्गुन १४, २०७६ बुधबार

नेकपाको बुधबार बसेकाे सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन मन्त्रीपरिषद मार्फत राष्ट्रपती समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधि सभा निर्वाचन ०७४ मा बर्दियाबाट पराजित गौतम राष्ट्रिय सभा सदस्य बन्ने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने चर्चा नेकपाभित्रै चलिलरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com