अमेरिकी विदेशमन्त्रीले दिए ल्होसारको शुभकामना


प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले ल्होसारको शुभकामना दिएका छन् । विदेशमन्त्री माइक पम्पिओले आज एक वक्तब्य जारी गर्दै हिमालयन नयाँ बर्ष ल्होसारको शुभकामना दिएका हुन् ।

पम्पिओले हिमाली क्षेत्रमा बस्नेहरुलाई अमेरिकी जनताका तर्फबाट ल्होसारको उपलक्ष्यमा शान्ति र समृद्धिको कामना गरेका छन् । वक्तब्यमा भनिएको छ
जब तपाईं यो रमाईलो अवसर मनाउनुहुन्छ, संयुक्त राज्य अमेरिकाका मानिसहरूले तपाईंको धनी सांस्कृतिक सम्पदाहरूको गहिरो कदर गर्दछन्, र हामी तपाईंको दृढ साझेदार र साथी रहन्छौं।

ल्होसार, विशेषत तिब्बती, नेपालको शेर्पा, गुरुङ र तामाङ जातीले नयाँ वर्षको रुपमा मनाउने नेपालको एक मुख्य पर्व हो । लोसार बौद्ध धर्म अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ, थकाली आदि जातीले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।

यो चाड नेपालका विभिन्न जातजाती, धर्मालम्वी खासगरी मंगोल मूलका केही प्रजातिहरूले धुमधामका साथ मनाउछन् । यद्यपि पछिल्लो समयमा नेपालमा बसोबास गर्ने सबै जातीले यो चाड मनाउन थालेका छन् । ल्होसार पर्वका लागि नेपालमा सार्वजनिक विदा दिइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com