भारत भ्रमणको पूर्व सन्ध्यामा ट्रम्पबाट समलैंगिकताबारेको भारतीय चलचित्रको प्रशंसा


प्रकाशित मिति : फाल्गुन १०, २०७६ शनिबार

भारत भ्रमणको पूर्व सन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समलैंगिकताबारेको भारतीय चलचित्र शुभ मंगल ज्यादा सावधानको प्रशंसा गरेका छन् । यसबारेको समाचार रिट्वीट गर्दै ट्रम्पले ट्वीटरमा ग्रेट लेखेका छन् ।

चलचित्र रिलिज भएकै दिन ट्रम्पले रिट्वीट गरेका हुन् । आयुस्मान खुराना र जितेन्द्र कुमारको चलचित्र शुक्रबार रिलिज भएको हो । चलचित्रले स्वस्थ्य ठट्यौलीमा समलैंगिकताको वकालत गरेको छ ।

ट्रम्पले सोमबार भारतको अहमदावाद भ्रमण गर्ने तय भएको छ । उनी प्रथम महिला मेलानिया ट्रम्पको साथमा भारत भ्रमण गर्ने भएका छन् । भारत भ्रमण अगाडि ट्रम्पको यो ट्वीटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चलचित्रमा समलैगिकताको विषयमात्र उठाइएको छैन, विना प्रेमको वैवाहिक सम्बन्धबारे पनि विषय उठाइएको छ । पुरानो पुस्तामा रहेको होमोफोवियालाई चलचित्रले उजागर गर्दै तयसबिरुद्ध पनि सन्देश दिएको छ ।

चलचित्रले समलैंगिकताको नभई होमोफोवियाको उपचार खोज्न सुझाव दिएको छ । यसबारे आयुस्मान खुरानाले इन्स्टाग्राममा समेत पोष्ट गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com