सत्तामा पुगेपछि कम्युनिष्ट बिग्रिने : अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता बाहिर रहँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासन सत्ता हातमा आएपछि आदर्शबाट विचलित भई बिग्रिने विश्व इतिहासको सङ्केत नेपालमा पनि देखिन थालेको बताउनुभएको छ ।

नेकपाका संस्थापक एवं मध्यपुरथिमिका बासिन्दा नारायणविलास जोशीका स्मृतिमा मध्यपुरथिमि शङ्खधर चोकस्थित जनआदर्श क्याम्पस परिसरमा निर्माण हुन लागेको नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टी सत्ता बाहिर आन्दोलन र क्रान्तिमा हुँदा निकै ठूलो त्याग र तपस्या गर्न सक्छन्, जनतासँग बसेर जनताले जे खान्छन् त्यही खाएर जनताको मन जित्न सक्छन् तर सत्ता प्राप्त गरिसकेपछि कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने र बिग्रने गरेको थुप्रै विश्व इतिहास रहेको छ, अचेल नेपालमा पनि त्यसका सङ्केत र लक्षण देखापर्न थालेका छन् ।”

विश्वको कम्युनिष्ट इतिहासमा सत्तामा पुगेपछि आफूले आफँैलाई सिध्याएको उदाहरण धेरै रहेको स्मरण गर्दै अध्यक्ष दाहालले देशको विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै, गल्तीकमजोरीलाई सच्याउने, त्यस्तो गर्नेलाई कारवाही गर्ने, पार्टीको शुद्धीकरण र सुदृढीकरण गर्ने, जनतासँगको सम्बन्धलाई बलियो बनाउने तथा राम्रा काम गर्नेतिर उद्दत हँुदै पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । जनतालाई सामान्य राजनीतिमा लाग्ने छुटसमेत नभएको राणादेखि सामन्ती वर्गविरुद्ध लाग्दै पुष्पलालसँग नेकपा स्थापनामा लाग्ने जोशीको स्मृतिमा भवन निर्माण हुन लाग्नु ठूलो विषय भएको उहाँको भनाइ थियो ।

उक्त भवनका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक रकम र अन्य सहयोगका लागि आपूmले पहल गर्ने बताउँदै उहाँले प्रदेश सरकारका तर्फबाट न्यूनतम रु ५० लाख सहयोग दिने प्रतिबद्धता आए पनि अझै रकम थप गर्ने र स्थानीय सरकारले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य एवं प्रतिष्ठानका अध्यक्ष डा राजेन्द्रमान श्रेष्ठले कम्युनिष्ट पार्टीका संस्थापक नेता जोशीको त्याग र योगदानको सम्मान गर्न उहाँका स्मृतिमा छिट्टै भवन निर्माण गरिने बताउनुभयो । मध्यपुरथिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले प्रतिष्ठान भवन निर्माणमा नगरपालिकाले सहयोग गरिने आश्वासन दिँदै शङ्खधर उद्यान निर्माणदेखि यहाँँका सास्ंकृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदाको संरक्षणमा नगरपालिका क्रियाशील रहेको भनाइ राख्नुभयो ।

जनआदर्श क्याम्पसका प्रमुख दुर्गामोहन श्रेष्ठले क्याम्पस परिसरमा निर्माण हुन लागेको नेता जोशीको स्मृति प्रतिष्ठानको महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, वाग्मती प्रदेशसभा सदस्य शशीजङ्ग थापालगायत नेता एवं जनप्रतिनिधिको सहभागिता थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com