नैतिकताको आधारमा राजीनामा दिए : बास्कोटा
प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहीबार
सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताउनुभएको छ ।
स्वीस एजेन्टसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिनुभएको हो ।
लगतै ट्वीट गर्दै उहांले भन्नुभएको छ ,मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु ।
२०७५ जेठ १८ गते भएको मन्त्रिपरिषद् विस्तारसगै मन्त्री बास्कोटा सञ्चार तथा सूचना प्रविधि मन्त्री हुनु भएको थियो । मन्त्री बाँस्कोटाले आफ्नो ट्वीटर प्रोफाईल सच्चाएर पूर्वमन्त्री बनाउनु भएको छ ।






