नेपालीले स्थलमार्ग हुँदै भारत गएर भारतीय विमानस्थलबाट तेश्रो मुलुक उड्न नपाउने

नेपाली नागरिकले नेपालबाट स्थलमार्ग हुँदै भारत प्रवेश गरी भारतीय विमानस्थलबाट तेश्रो मुलुक उड्न नपाउने भएका छन् ।

मध्यपूर्वका साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स लगायत ९ वटा देशहरुमा भारतीय विमानस्थल प्रयोग गरेर उड्नका लागि नेपाल सरकारले रोक लगाएको तर वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिको स्टीकर लगाएर आएका नेपालीहरुलाई दूतावासबाट जारी नो अब्जेक्सन लेटरबाट उड्न पाउनेछन् । तर अरु सबै देशहरुका हकमा राहदानीमा भारतीय अध्यागमनबाट भारत प्रवेश गरेको छाप लगाउनु अनिवार्य भएको दिल्ली स्थीत नेपाली दूतावासले जारी गरेको वक्तब्यमा जनाइएको छ ।

खुला सिमानाको दुरुपयोग गर्दै मानव तस्करी समेत हुनेगरेको भन्दै नेपाली नागरिकको प्रस्थान अनुमति सम्बन्धमा नेपालको अध्यागमन विभागले स्थलमार्गबाट भारत जाने नेपाली नागरिकको पासपोर्टमा प्रस्थान छाप नदिने र नलगाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइसकेकाले अब नेपाली पासपोर्टवाहकले स्थलमार्गबाट भारत गई भारतीय विमानस्थलको प्रयोग गरेर तेश्रो मुलुक जान नपाउने भएका छन् ।

Loading...

स्थलमार्गबाट जाँदा नेपालको अध्यागमन कार्यालयले प्रस्थान छाप नलगाउने भएपछि उनीहरुको पासपोर्टमा भारतीय अध्यागमन विभागले समेत आगमन छाप नलगाउने भएको छ । जसका कारण उनीहरुलाई भारतीय विमानस्थलको प्रयोग गरी उड्न नदिइने भएको छ ।

नेपालबाट स्थलमार्ग प्रयोग गरी तेश्रो मुलुक उडान गर्न खोज्दा आइपर्ने समस्याबाट बच्नका लागि नेपाली नागरिकलाई काठमाडौंस्थीत अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न विशेष अनुरोध गरिएको छ ।

नो अब्जेक्सन लेटर केबल साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमन, बराइन, इराक, लिबिया र लेबनानका सन्र्दभमा मात्र श्रम स्वीकृति सहित जानेहरुका हकमा जारी हुनेछ । अरु सबैले तेश्रो मुलुक जाँदा नेपालकै विमानस्थल प्रयोग गर्नुपर्नेछ ।

Loading...

भारतीय विमानस्थलमा अवतरण गरेर स्थलमार्गहुँदै नेपाल जाने र स्थलमार्ग हुँदै भारतीय विमानस्थलमा आएर अमेरिका आउने नेपालीहरु समेत ठूलो संख्यामा रहेका छन् । खासगरी भारतसँग सिमा जोडिएका क्षेत्रका र अमेरिकामा एसाइलम गरेका नेपालीहरुले यो विधि अपनाउँदै आएका छन् । तर अब भने स्थलमार्गबाट भारत आएर भारीतय विमानस्थलबाट अमेरिका वा तेश्रो मुलुक आउन पाइने छैन ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com