महराविरुद्धको मुद्दामा बहस सकियो, फैसला सोमबार


प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दाको अन्तिम सुनुवाई सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । अदालतले सोमबार फैसाला सुनाउने छ ।

आइतबार नै फैसाला सुनाउने तयारी भएपनि समय अभाव कारण सोमबारलाई सारिएको हो ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भएको थियो । सुनुवाईमा महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दिनमणी पोखरेल, भीमार्जुन आचार्यलगायत आठ जनाअधिवक्ताले बहस गरेका थिए ।

त्यस्तै सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरुले बहस गरेका थिए । महराले यसअघि आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौँको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले जिल्ला अदालतको फैसलालाई सदर गर्दै एक महिनाभित्र मुद्दाको टुङ्गो लगाउन आदेश दिएको थियो ।

संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो  ।

असोज १९ गते पक्राउ परेका महरा कात्तिक १८ देखि पुुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए । असोज १२ गते शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो ।

बहस सकिएलगत्तै अन्तिम आदेश आउने पर्खाइमा रहेका महराले आफन्तसँगको कुराकानीका क्रममा ठट्टा गर्दै अदालतबाट फैसला भइसकेको र आफु २० वर्ष जेल बस्नुपर्ने भएको बताएका थिए ।

बहस सकिएपछि इजलासको बाहिरपट्टि बरण्डामा बसिरहेका महरालाई आफन्तले के भयो ? भनेर सोधेका थिए । प्रतिउत्तरमा ठट्टा गर्दै महराले भने, ‘फैसला भैसक्यो, अब २० वर्ष जेल बस्नुपर्ने भयो । मेरोविरुद्ध थाहा पाइहाल्नुभएको छ नि ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com