‘चुनाव विथोल्न गिरिजाप्रसादले ठोक्नुपर्यो भन्नुभएकै हो, म पनि साक्षी छु’ – बाबुराम भट्टराई


प्रकाशित मिति : फाल्गुन २, २०७६ शुक्रबार

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिमा सत्यता भएको बताएका छन् ।

काठमाडौंमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै भट्टराईले गिरिजाप्रसाद कोइरालाले ठोक्नुपर्‍यो भनेको र आफु त्यसको साक्षी भएको बताए । उनले भने, ‘१२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो । हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले ठोक्नुपर्‍यो भनेर चाहिँ भन्नुभएको हो । लौन कारवाही अगाडि बढाउनुपर्‍यो उहाँले भनेको हो म पनि साक्षी थिएँ ।’

भट्टराईले भनेका छन्  – ‘प्रचण्डजीको शैली सानो कुरालाई पनि बढाईचढाई गरेर उत्तेजना फैलाउने खालको छ । पहिले गिरिजाप्रसाद कोइरालासँग हाम्रो संघर्ष नै थियो, पहिले नै उहाँले त्यसो भन्नुभएको होइन । नभएको कुरा गर्नु उहाँमाथि अन्याय हुन्छ । यथार्थ के हो भने १२ बुंदे समझदारी भएपछि माघमा ज्ञानेन्द्रले नगरपालिका घोषणा गरेपछि गिरिजाप्रसादले ठोक्नुपर्यो भन्नुभएको हो । म पनि त्यतीबेला सँगै थिएँ । ल है कारवाही अलिक बढाउनुपर्ने भयो भन्नुभएको थियो ।’

‘त्यो एकदुईपटक भनेको कुरालाई प्रचण्डले युद्धभरी नै कारवाही गर भनेको जस्तो गरी प्रस्तुत गर्नुभएको हो । सत्य चाही कति हो भने ज्ञानेन्द्रले घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका लागि प्रतिकार बढाउनुपर्यो भन्नुभएको चाँही हो ।’  भट्टराईले खुलासा गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले १२ बुँदे समझदारी नै कांग्रेसलगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालीन माओवादी फौजी ढंगले अघि बढ्ने सहमति भएको बताए ।

नेकपा अध्यक्ष प्रचण्डले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला तत्कालीन नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी हुँदा फौजी कारबाही बढाउन आग्रह गरेको बताएका थिए ।

तत्कालीन एमालेका नेता बामदेव गौतम, युवराज ज्ञवाली लगायतले आफूहरु जनयुद्धमै रहेको समयमा आधार इलाकामै आएर छलफल गरेको र एक प्रकारको समझदारी गरेको भन्दै प्रचण्डले त्यही समझदारीको दायरा फराकिलो हुँदै राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको आधार तयार भएको बताएका थिए । प्रचण्डले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच १२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेको र गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको खुलासा पनि गरेका थिए ।

‘ठूल्ठूला फौजी आक्रमण गरिदिनुपर्यो भन्नुहुन्थ्यो, यसले नै राजतन्त्र अन्त्य गर्ने वातावरण बन्यो,’ अध्यक्ष प्रचण्डले खुलासा पनि गरेका थिए । अर्को नेतृत्व र अर्को विचार हुन्थ्यो भने शान्ति प्रक्रियामा आउने कुरा त्यति सजिलो नभएको पनि उनले बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com