पोर्चुगलमा अतिदक्ष विदेशी कामदारको तलब १७ हजार बाट बढेर २७ हजार


प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार

पोर्चुगलमा अतिदक्ष कामदारको न्यूनतम तलबको मापदण्ड १७ हजार युरोबाट बढाएर २७ हजार डलर बनाइएको छ । फरबरी १० देखि लागु हुनेगरी पोर्चुगलमा अतिदक्ष कामदारका लागि मासिक तलब १९१४ युरो बनाइएको छ भने बर्षमा १४ पटक उक्त रकम तिर्नुपर्नेछ ।

यसअगाडि अतिदक्ष कामदारको न्युनतम मासिक तलब १२७६ युरो रहेको थियो भने १४ किस्तामा बुझाउनुपर्ने थियो । अब यसमा १७ दशमलव ७ प्रतिशतले बृद्धि गरिएको छ ।

यसको अर्थ अब पोर्चुगलमा अतिदक्ष कामदारका लागि भिसा आवेदन दिन चाहेको खण्डमा न्यूनतम तलब बार्षिक २७ हजार प्राप्त गर्ने कुरा सरकारलाई पुष्टी गर्नुपर्नेछ । ५ बर्षको पेशागत योग्यता भएका वा माध्यामिक भन्दा धेरै शिक्षा हासिल गरी अहिले रेसिडेन्स भिसामा रहेका अतिदक्ष विदेशी कामदारहरुका लागि तलब बृद्धि गर्न अनिवार्य छैन तर फरबरी १० सम्म पेन्डिंग आवेदन रहेकाहरुका सन्दर्भमा भने नयाँ तलब मापदण्ड पूरा गर्नुपर्नेछ ।

भिसा नविकरण गर्नेहरुका सन्दर्भमा र नयाँ भिसा लिनेहरुका सन्दर्भमा भने तलबको नयाँ मापदण्ड लागु हुनेछ । स्थानीय रुपमा काम गर्नेहरुका लागि भने यो मापदण्ड लागु हुँदैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय रुपमा काम गर्नेहरुका लागि भने कम्तीमा मासिक ६३५ युरो अर्थात् बर्षमा १४ किस्तामा बर्षमा ८८९० हुनुपर्नेछ ।

सन् २०१८ को अक्टोबरदेखि पोर्चुगलले आवेदन प्रकृयामा बिलम्ब हुन नदिन अनलाइन प्रकृयाको सुरुवात गरेको थियो । जस अन्तरगत अनलाइनार्फत अप्वाइन्टमेन्ट लिन सकिने व्यवस्था गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com