कुवेतमा निर्माणस्थमा पुरिएर ज्यान गुमाउने ६ जना नै नेपाली, कुवेती अमिरले पठाए समवेदना


प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार

कुवेतमा बुधबार निर्माणस्थमा पुरिएर ज्यान गुमाउने ६ जना नै नेपाली रहेको खुलासा भएको छ । निर्माण स्थलमा पुरिएर ६ जनाको ज्यान गएको थियो भने ३ जना गम्भिर घाइते भएका थिए । निर्माणका क्रममा काम गरिरहेका उनीहरुमाथि बालुवाको थुप्रो र ग्राभेल खसेको थियो ।

कामदारहरु पुरिएको सुचना प्राप्त गर्नासाथ उद्दारकर्ताहरु घटनास्थलमा पुगेका थिए । उद्दारकर्ताहरुले घटनाथस्लबाट ६ जनाको शव निकालेका छन् भने तीनजालाई जीवितै उद्दार गरिएको छ ।

निर्माणस्थलमा ६ जना नेपालीको मृत्यु भएकोमा कुवेतका अमिर शेख सबाब अल अहमद अल जबेर अल सबाबले नेपालकी राष्ट्रपति विद्या भण्डारीलाई समवेदना सन्देश पठाएका छन् । अल मुतला हाउजिंग परियोजना अन्तरगत यो दुर्घटना भएको हो ।

त्यस्तै कुवेतका राजकुमार र प्रधानमन्त्रीले पनि नेपालका राष्ट्रपति भण्डारीलाई समवेदना सन्देश पठाएका छन् ।

यसअगाडि सार्वजनिक निर्माणमन्त्री र आवास मामिला राज्यमन्त्रीले घटनास्थलको अवलोकन गरेकी छिन् । उनले घटनाको छानविनका लागि छानविन समिति गठन गर्न निर्देशन दिएकी छिन् । कुनै लापरवाहीका कारण घटना भएको भए लापरवाही गर्नेलाई जिम्मेबार ठहराउन उनले निर्देशन दिएकी छिन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com