२५ औं जनयुद्ध दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै


प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार

आज फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन विभिन्न पार्टीमा विभाजित नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २५ औं जनयुद्ध दिवश मनाउँदैछन । विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो ।

२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । तत्कालीन नेकपा (माओवादी)ले फागुन १ गतेबाट सुरु गरेको जनयुद्धको स्मृतिमा जनयुद्ध दिवस मनाउँदै आएको थियो । तर, यसपटक कार्यक्रमको नाम परिवर्तन गरेर ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली’ राखिएको छ । माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि सामूहिक रूपमा जनयुद्ध दिवस मनाउन लागेको हो । नेकपाको मुख्यालय धुम्बाराहीमा यस वर्ष जनयुद्ध दिवस मनाइने छ ।

शान्ति प्रकृयामा आएपछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन । विभिन्न पार्टी र समूहमा विभाजित माओवादी पार्टीहरुले आज विभिन्न जिल्लामा एकै ठाउँमा जम्मा भएर जनयुद्ध दिवस मनाउँदै छन भने काठमाडौंमा भिन्नाभिन्नै कार्यक्रम हुँदैछन । सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com