राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइने


प्रकाशित मिति : माघ २९, २०७६ बुधबार

सरकारले ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइने निर्णय गरेको छ । गृह मन्त्रालयमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले जनस्तरबाटै अपनत्व हुने गरी दिवस मनाउने निर्णय गरेको हो । दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको बैठकले दिवस मनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ ।

दिवस सम्पन्न गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमिति र चौर, कवाज, व्यायाम व्यवस्थापन उपसमितिको संयोजकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई तोकिएको छ । आगामी फागुन ७ गते मनाइने दिवसको अवसरमा ६ गतेदेखि नै तीनदिन विभिन्न कार्यक्रम सञ्चालन गरिने गृहसचिव महेश्वर न्यौपानेले जानकारी दिए । उनका अनुसार फागुन ६ गते नगर सरसफाइ तथा सजावट, प्रचारप्रसार, तथा परिसंवाद कार्यक्रम सञ्चालन गरिने छ ।

फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुनेछ । उक्त दिन नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ । यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृहमन्त्रालयले जनाएको छ । दिवसको अवसरमा फागुन ६, ७ र ८ गते घरघरमा साँझ दीपावली गर्नसमेत सरकारले आग्रह गरेको छ । स्कूल, सङ्घसंस्था र पालिका तथा प्रदेशमा पनि दिवस मनाउन सरकारले आग्रह गरेको छ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासले समेत तीनै दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सरकारले जनाएको छ ।

यस्तै उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामा समेत विभिन्न कार्यक्रम गरी दिवस मनाइने सरकारले जनाएको छ । प्रदेशमा प्रदेश प्रमुखको नेतृत्वमा प्रदेशस्तरीय समिति र जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा समिति गठन गरी दिवस मनाइने सरकारले जनाएको छ । दिवसका अवसरमा सरकारले विभिन्न सांस्कृतिक कार्यक्रम, प्रभातफेरी, खेलकूद, परिसंवाद, प्रवचन, तथा गोष्ठी, झाँकी प्रदर्शन र सरसफाइजस्ता कार्यक्रम गरेर मनाउन सरकारले सबैमा अपिल गरेको छ । -रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com