प्रहरी महानिरीक्षकमा ज्ञवाली


प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको स्रोतले बताएको छ ।

मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । हाल ज्ञवाली प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत छन् । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवाली ५ महिना प्रहरी आईजीपीको कुर्सीमा रहने छन् । उनी २०४७ साल असार २५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।

हालका महानिरीक्षक सर्वेन्द्र खनाल ३० वर्षे उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश लिँदै छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com