८९ प्रतिशतलाई आधारभूत खानेपानी


प्रकाशित मिति : माघ २७, २०७६ सोमबार

खानेपानी मन्त्रालयले हाल ८९ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँचमा पुगेको जनाएको छ । पानी नआए पनि पूर्वाधार भने पुगेको जनाइएको छ । मन्त्रालयको वार्षिक समीक्षा प्रतिवेदन अनुसार सन् २०१० सम्म ८१ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी सेवा पुगेकोमा हाल ८९ प्रतिशतलाई आधारभूत खानेपानी सेवा पुगेको दाबी गरेको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सन् २०१५ सम्म १५ प्रतिशत जनसङ्ख्यालाई मध्यम स्तरको गुणस्तरीय खानेपानी सेवा पुगेकोमा हाल उक्त सेवास्तरको खानेपानी २१ प्रतिशत जनसङ्ख्यालाई उपलब्ध भएको छ । गएको दुई वर्षमा ६६ वटा सहरी तथा अर्ध सहरी खानेपानी आयोजनाहरू सम्पन्न भई पाँच लाख ६७ हजार ७८ अर्थात् दुई प्रतिशत जनसङ्ख्या उच्च तथा मध्यम स्तरको खानेपानी सेवाबाट लाभान्वित भएका छन् । मन्त्रालयले आकस्मिक र विपद् व्यवस्थापन तथा ग्रामीण बस्तीलाई समेत सेवा प्रदान गर्न सातवटै प्रदेशमा एक एकवटा वाटर एम्बुलेन्स (पानी परीक्षण घुम्ती भ्यान) सञ्चालनमा ल्याइएको छ । गत असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी दक्षिण एसियामा खुला दिसामुक्त घोषणा गर्ने नेपाल पहिलो राष्ट्र भएको मन्त्रालयको भनाइ छ । शौचालय निर्माण गरेर गरिएको घोषणाले शतप्रतिशत जनसङ्ख्यालाई आधारभूत सरसफाइमा पु¥याइएको प्रवक्ता शाक्यले बताए ।

आगामी पाँच वर्षमा २९ वटा मल्टिस्टेजलिफ्ट एक हजार चार सय मिटर उचाइसम्म पानी तान्ने आयोजना सम्पन्न गरी करिब तीन लाख जनसङ्ख्यालाई सेवा पु¥याउने मन्त्रालयको लक्ष्य छ । २०७२ सालको भूकम्पबाट क्षति पुगेका १३ सय खानेपानी आयोजनामध्ये हालसम्म ५०८ वटा खानेपानी आयोजनाको पुनःनिर्माण तथा पुनःस्थापना कार्य सम्पन्न भई दुई लाख १३ हजार नौ सय ४२ जनसङ्ख्या लाभान्वित भएका छन् । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको समग्रमा हालसम्म कुल भौतिक प्रगति ९५ प्रतिशत भएको छ । चालू आर्थिक वर्षभित्र मेलम्चीको दैनिक १७ करोड लिटर पानी सुन्दरीजलमा आउने शाक्यको भनाइ छ ।-गोरखापत्र अनलाइन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com