त्रिभुवन विश्वविद्यालयले १४ फागुनमा घोषणा गरेको स्ववियु निर्वाचन अनिश्चित भएको छ । तयारीका लागि करिब एक महिना लाग्ने र चैत पहिलो सातादेखि परीक्षाको तालिका रहेका कारण चुनाव अनिश्चित बनेको हो । विद्यार्थीको आग्रहमा फागुनभित्र स्ववियु निर्वाचन गर्न त्रिवि सहमत भए पनि ठूला संगठन एक नहुँदा समस्या भएको हो ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका संयोजक तथा कामु रेक्टर प्रा.डा. शिवलाल भुसालले विद्यार्थी संगठन एकमत नहुँदा समस्या भएको बताए । उनले भने, ‘१४ फागुनको मिति टरिसकेको छ, उहाँहरू (विद्यार्थी संगठन) को आग्रहमा फागुन अन्तिमसम्म पनि चुनाव गर्न तयार भएका हौँ, त्यो पनि अनिश्चित हुने भयो ।’ चैत पहिलो सातादेखि त्रिविको परीक्षाको तालिका छ । -नयाँ पत्रिका
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।