विद्यार्थी भिसावाहकलाई विगतको गैरकानुनी उपस्थीति पत्ता लागेको आधारमा प्रतिबन्ध नलाग्ने


प्रकाशित मिति : माघ २६, २०७६ आईतबार

अमेरिकामा विद्यार्थी भिसामा आएर गैरकानुनी उपस्थीति हुनेलाई संघीय अदालतको स्थायी आदेशले राहत प्रदान गरेको छ । संघीय न्यायाधिसले एक स्थायी आदेश जारी गर्दै गैरकानुनी उपस्थीतिको गणनाबारे ट्रम्प प्रशासनले ल्याएको कडा नियमलाई खारेज गरिदिएका हुन् ।

अमेरिकामा एफ, जे र एम भिसमा आउनेहरुले भिसाको उल्लंघन गरेकै दिनदेखि गैरकानुनी उपस्थीति गणना हुने नयाँ नियम ट्रम्प प्रशासनले ल्याएको थियो । यसअगाडि एफ, एम र जे भिसामा आउनेहरुले भिसाको उल्लंघन गरेतापनि उनीहरुको गैरकानुनी उपस्थीति भिसाको उल्लंघन गरेको दिनदेखि नभई युएससीआईएसले वा अध्यागमन न्यायाधिसले पत्ता लगाएर ठहर गरेको दिनदेखिमात्रै गणना हुने नियम रहेको थियो ।

उल्लंघन गरेको दिनदेखि नभई युएससीआईएसले वा अध्यागमन न्यायाधिसले पत्ता लगाएर ठहर गरेको दिनदेखिमात्रै गणना हुने पूरानै नियम लागु हुनेगरी यसअगाडि अदालतले अस्थायी आदेश जारी गरेको थियो । तर अहिले अदालतले स्थायी आदेश नै जारी गरेको छ । विभिन्न विश्वविद्यालयहरु र दुईजना व्यक्तिले गैरकानुनी उपस्थीतिबारेको ट्रम्प प्रशासनले ल्याएको नयाँ नियमबिरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा गैरकानुनी उपस्थीतिको गणनाबारेको नियमले व्यक्तिमाथि अमेरिकामा लाग्ने प्रतिबन्धको निर्धारण गर्दछ । यदि कुनै व्यक्तिको उपस्थीति १८० दिनभन्दा धेरै छ भने उसलाई अमेरिकामा ३ बर्षसम्मको प्रतिबन्ध लाग्छ भने एकबर्षभन्दा धेरै छ भने १० बर्षसम्मको प्रतिबन्ध लाग्छ । यो अवधिभर आप्रवासीलाई अमेरिका प्रवेश गर्न वा अमेरिकी भिसाका लागि आवेदन दिन प्रतिबन्ध लाग्ने नियम रहेको छ ।

ट्रम्प प्रशासनको नियम लागु भएको भए एम, एफ र जे भिसामा अमेरिकामा आएको व्यक्तिले यदि दुईबर्ष अगाडि भिसाको उल्लंघन गरेको अहिले पत्ता लागेको खण्डमा उसलाई १० बर्षसम्मको प्रतिबन्ध लाग्न सक्थ्यो । तर यो नियम लागु हुनमा रोक लागेकाले एम, एफ र जे भिसामा अमेरिकामा आएको व्यक्तिले यदि दुईबर्ष अगाडि भिसाको उल्लंघन गरेको अहिले पत्ता लागेको खण्डमा पत्ता लागेको दिनदेखिमात्र उसको गैरकानुनी उपस्थीतिको गणना हुनेछ । तत्काल तीनबर्ष वा १० बर्षको प्रतिबन्ध लाग्दैन ।

यसो हुँदा उनीहरुलाई स्टाटस परिवर्तन गर्न वा अमेरिका छाड्न विना कुनै प्रतिबन्ध ६ महिनाको अवधि प्राप्त हुनेछ । उनीहरुले गैरकानुनी उपस्थीतिको दिन १८० दिन नकटाएको खण्डमा भविश्यमा भिसा आवेदन दिनका लागि कुनै असर पर्नेछैन ।

अदालतको यो आदेशबिरुद्ध ट्रम्प प्रशासनले पुनरावेदन गर्ने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com