कांग्रेसद्वारा आज पनि संसद अवरोध


प्रकाशित मिति : माघ २६, २०७६ आईतबार

नेपाली काँग्रेसको अवरोधका कारण आज पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले मुद्दा दायर गरेको भन्दै काँग्रेसले उठेर विरोध जनाएको हो ।

विरोधपश्चात् सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक यही माघ २८ गते दिउँसो १ बजे बस्ने बताउँदै बैठक स्थगित भएको जनाएका हुन् । आज डाकिएको बैठकमा विभिन्न विधेयकहरु पेश गर्ने कार्यसूची तोकिएको थियाे ।

कांग्रेसले गत बुधबार र बिहीबारको बैठकमा पनि अवरोध गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com