माल्यार्पण गरी सुशील कोइरालाको स्मृति दिवस मनाइयो


प्रकाशित मिति : माघ २६, २०७६ आईतबार

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको स्मृति दिवस मनाइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पार्टीका शीर्ष नेताहरुले स्मृति दिवसका अवशरमा कोइरालाको फोटोमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै कोइरालाको सम्झना गरेका छन् । २०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो । कोइराला २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बनेका थिए ।

पार्टी सभापति रहेकै बेला उनको निधन भएको हो । २०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका कोइरालाले २०७२ असोज २३ गते पदबाट राजीनामा दिएका थिए । उनको कार्यकालमा देशले नयाँ संविधान पाएको थियो । उनलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com