ब्राउन सुगरसहित ३ जना पक्राउ


प्रकाशित मिति : माघ २६, २०७६ आईतबार

लागुऔषध अनुसन्धान ब्युरोले बाँकेको टोलीले नेपालगन्जबाट २ सय १८ ग्राम लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा भारत मोतिपुरका लागु औषध कारोबारी चादबाबु भन्ने अब्दुल रसिदबाट २ ग्राम दशमलब लागु औषध ब्राउन सुगर बरामद गरेको हो । अनटेष्ट मोटरसाइकलमा हेलमेटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा चादबाबु पक्राउ परेका हुन् ।

त्यसैगरी २ सय १८ ग्राम ब्राउन सुगरसहित कैलाली टीकापुरका शिबराज पुरी र बिष्णु कुमारी पुरीलाई भे ९ प ६५२९ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुले ३ हजार ५ सय प्रतिग्रामका दरले सीमावर्ति भारतीय बजारबाट ब्राउन सुगर खरिद गरेर काठमाण्डौ पुर्याएर प्रतिग्राम १० हजारका दरले बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । १०० ग्राम भन्दा बढी परिमाणमा ब्राउन सुगरसहित पक्राउ पर्ने ब्यक्तिलाई १५ बर्षदेखि जन्म कैद हुने कानुनी ब्यवस्था रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com