सुनको मूल्य बढ्यो


प्रकाशित मिति : माघ २६, २०७६ आईतबार

आइतबार सुनको मूल्य बढेको छ । तोलामा ४ सय रुपैयाँ बढेर तोलाको ७६ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि तोलामा ४ सय रुपैयाँ नै बढेर सुनको मूल्य तोलाको ७५ हजार ६ सय रुपैयाँ पुगेको थियो । आज चाँदी भने तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com