बन्दीपुरमा सवारी दुर्घटना, १९ यात्रु घाइते


प्रकाशित मिति : माघ २५, २०७६ शनिबार

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा आज बिहान भएको सवारी दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख ६२६८ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ४४२४ नं को बस एकआपसमा ठक्कर खाँदा बस चालकसहित १९ यात्रु घाइते भएका हुन् ।

दुर्घटनामा घाइते बस चालक चितवन जिल्ला भरतपुर महानगरपालिका–२७ का ४२ वर्षीय किरण काफ्लेसहित १९ यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । बस चालक काफ्लेको हात, खुट्टा र गालामा चोट लागेको छ । ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा छ ।

यसैगरी पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा गए राति भएको कार दुर्घटनामा छ जना घाइते भएका छन् । कावासोतीबाट पोखरातर्फ आउँदै गरेको बा १३ च ८४८१ नं को कार अनियन्त्रित भई सडकबाट पल्टदा छ जना घाइते भएका हुन् । घाइते सबैको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com