‘न्यायाधीश मिलाउँछु’ भनेर ४२ लाख रुपैयाँ घूस लिएको आरोपमा अधिवक्ता पक्राउ


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

जिल्ला अदालतमा विचाराधीन मुद्दा मिलाएर जिताइदिन्छु भन्दै ४२ लाख रुपैयाँ  घुस लिएको आरोपमा माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर राना मगर पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले अधिवक्ता मगरलाई पक्राउ गरेको हो ।

‘जन न्यायिक कानूनी सेवा’ नामक ल फर्म सञ्चालन गर्ने कानुन व्यवसायी टंकबहादुरलाई बबरमहलबाट पक्राउ गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् । दाहाल राजस्व चुहावटको आरोपमा २७ मंसिर २०७५ मा पक्राउ परेका थिए ।

अदालतले मागेको दुई करोड ५५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी अहिले नख्खु कारागारमा थुनामा छन् ।

न्यायाधीश मिलाउन भन्दै टंकबहादुरले २४ साउनमा घूस लिएको तर रमेशलाई थुनामुक्त गराउन नसकेको अभियोग छ ।

त्यसपछि रमेशको परिवारले रकम फिर्ता मागेको र रकम फिर्ता नदिएपछि प्रहरीमा उजूरी दिएको रमेशको परिवारको दावी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com