चलचित्र पत्रकार संघ रुपन्देहीमा पुनः श्रेष्ठ


प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा पुनः सुमन श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबार बुटवलमा सम्पन्न संघको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा सञ्जय सौगात, सचिवमा मोहन न्यौपाने, सह–सचिवमा राजिव भुषाल र कोषाध्यक्षमा रमेश अर्याल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा रबिन्द्र प्रताप गुप्ता, दिनेश कुमार श्रेष्ठ, फुलु सुनार र कपिल अधिकारी निर्वाचित भएका छन् । त्यस्तै कृष्ण खनाल र कृष्ण भण्डारी मनोनित सदस्यमा चयन भएका छन् ।

नेपाल चलचित्र संघका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल सभापति ओम जैसीको प्रमुख आतिथ्यता तथा नेपाल चलचित्र संघका केन्द्रीय सचिव बैकुण्ठ पराजुलीको विशिष्ट आतिथ्यतामा भएको अधिवेशनमा नेपाल प्रेस युनियनका रुपन्देही सभापति रेखा भुषाल, प्रेस संगठन रुपन्देहीका जिल्ला सह–संयोजक कमल रायमाझी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यवाहक कोषाध्यक्ष मोहन न्यौपानेले २०७४ जेठदेखि २०७६ पुस मसान्तसम्मको आयव्ययको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम संघका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता तथा सचिव रमेश अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com