विश्वकप क्रिकेट: नेपालको पहिलो खेल ओमनसँग
प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार

आइसिसी विश्वकप क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । बुधबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन् ।
माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ ।