पर्वत समाज अमेरिकाको अध्यक्षमा गुरुङ


प्रकाशित मिति : माघ २०, २०७६ सोमबार

पर्वत समाज अमेरिकाको नयाँ कार्यसमितिले आइतवार पदभारग्रहण गरेको छ । समाजको चौथो अधिवेशनले धनबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । आइतवार मेरिल्याण्ड बाल्टिमोरमा सम्पन्न पदस्थापना कार्यक्रममा अध्यक्ष गुरुङ सहित वरिष्ठ उपाध्यक्ष गोपाल लामिछाने, उपाध्यक्ष कृष्णकुमार जोशी, महासचिव रमेश सुवेदी, सचिवमा दिपक रिजाल र कोषाध्यक्षमा श्याम गुरुङले पदभारग्रहण गरेका छन् ।

यस्तै सदस्यहरु रमेश शर्मा, रामचन्द्र बराल, शुनिल पौडेल, तुलसी पौडेल, सम्झना श्रेष्ठ, सकुन्तला पुरी, भिम पुन लगायतका सदस्यहरुले समेत पदभारग्रहण गरेका छन् । सम्पन्न चौथो अधिवेशनले २३ सदस्यीय कार्यसमिति चयन गरेको नवनिर्वाचित सचिव दिपक रिजालले जानकारी दिए । यस्तै समितिको सल्लाहकारमा रोशन पौडेल छन् ।

कार्यक्रममा लोकगायक भगवान भण्डारी, श्रीजन ताम्राकार, कल्पना देवकोटा, उदय भटराई, भगवान भण्डारी, कञ्चन पुन, बाल कलाकार दिपसन रिजाल लगायतका कलाकारको सांगितिक प्रस्तुती थियो । कार्यक्रम निर्वतमान अध्यक्ष रुद्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com