आईसीपी हुँदै छुट्न थाले गाडी


प्रकाशित मिति : माघ १९, २०७६ आईतबार

एकीकृत जाँच चौकी (आईसीपी) विराटनगर हुँदै समुद्रपारबाट पैठारी गरिएका सामान बोकेका मालवाहक, भारतबाट आयात गरिने ग्यास र इन्धन बोकेका मालवाहक गाडी छुट्न थालेका छन् । आईसीपी सञ्चालन प्रक्रियामा आएसँगै शुक्रबारदेखि मालवाहक गाडी छुट्न थालेका हुन् ।
आईसीपीमा व्यवसायीका प्रतिनिधि र भन्सार एजेन्ट कक्षको व्यवस्थापन अझै बाँकी रहे पनि सञ्चालनमा ल्याइएको हो । फेब्रुअरी १ देखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि एक दिन अगावै आईसीपीलाई सञ्चालनमा ल्याइएको छ ।

तेस्रो मुलुकबाट पैठारी गरिएको सामान बोकेका कन्टेनर र भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्कर तथा ग्यासका बुलेट आईसीपीको बाटो हुँदै नेपाल प्रवेश गराइएको विराटनगर भन्सार कार्यालय, रानीका सूचना अधिकृत मणिराम पौड्यालले जानकारी दिए । आईसीपीमा बैङ्क, क्वारेन्टाइन र सुरक्षा निकायका एकाइ खडा भइसकेका छन् । त्यसबाहेक इन्टरनेट प्रबन्धसमेत मिलाई सकिएको अधिकृत पौड्यालले बताए । आईसीपी परिसरमा आवश्यक पर्ने मालवाहक सवारीको पार्किङ क्षेत्र भने साँघुरो भएको छ । क्षेत्र विस्तार गर्न सक्ने जग्गा भए पनि अहिले ८० वटा क्षमताको मात्रै पार्किङ रहेको छ । तत्काल पाँच सय मालवाहक सवारी क्षमताको पार्किङ विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । मालसामान जाँचका लागि सेड घर, वेयर हाउस र गोदाम पनि साँघुरो भएको छ ।

आईसीपी परिसर १२९ बिघा क्षेत्रफलमा फैलिएकोले आवश्यक संरचना निर्माण गर्न समस्या छैन । गत माघ ७ गते उद्घाटन भएको आईसीपीमा केही संरचना तयार गर्नुपर्ने भएकोले क्रमशः निर्माण गर्दै जाने बताइएको छ । आईसीपी नजिकै रेल मार्ग विस्तार भइसकेको छ । बुधनगरमा रहेको रेल स्टेसनको ¥याकसमेत साँघुरो हुने भएकोले त्यस्तालाई समेत विस्तार गर्नुपर्ने अधिकृत पौड्यालले जानकारी दिए ।-गोरखापत्र अनलाइन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com