गणेश थापाको आत्मकथा अर्कोबर्ष : ‘दरबारले भनेको नमान्दा पदबाटै हटाइयो’


प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार

अल नेपाल फुटवल एसोसिएसन नेपाल एन्फाका पूर्व अध्यक्ष गणेश थापाले आफ्नो जीवनकालका विभिन्न उतारचढावलाई समेटेर आत्मकथा प्रकाशित गर्ने भएका छन् । दरवारबारे भनेको मान्छे नराख्दा पदच्युत हुनुपरेका घटनादेखि माओवादी जनमुक्ति सेनालाई खेलमा समावेश नगर्दाका परिघटनासम्म आत्मकथामा समेट्ने थापाले जानकारी दिएका छन् ।

एसियन फुटवल कन्फेडेरेशनका पूर्व अध्यक्ष मोहम्मद बिन हम्मामबाट १ लाख डलर रकम लिएपछि फिफाबाट १० बर्षे प्रतिबन्धमा परेका थापा झण्डै २० बर्षसम्म एन्फाको अध्यक्ष भएका थिए । आफूले मोहम्मद बिन हम्मामबाट उपहारस्वरुप उक्त रकम प्राप्त गरेको तथा हम्माम र आफू पदबाट हटेपछि पनि त्यो भन्दा ठूलो रकम उपहारस्वरुप प्राप्त गरेको थापाले खुलासा गरेका छन् ।

एन्फामा ५८ करोड भ्रष्टाचारको आरोप लगाएर आफूबिरुद्ध षड्यन्त्र गरिएको र पूर्वाग्रह राखिएको गुनासो गर्दै थापाले आफूलाई अख्तियारले सफाई दिंदासमेत भ्रष्टाचारीको आरोप लगाइरहँदा आफ्नो चित्त दुखेको बताएका छन् । उनले बन्द गरिएको फाइल खोलेर पुन अनुसन्धान गर्दा आफू दोषी देखिएमा सजाय भोग्न तयार रहेको बताएका छन् ।

पुस्तकमा आफूबिरुद्ध भएका षड्यन्त्रमात्र नभई आफूले गरेका कमजोरीबारे पनि विशेष खुलासा गर्ने थापाले बताए । उनले आफ्नो पुस्तकमा आफ्नैबारेमामात्र बढाई चढाई नहुने र आत्मस्वीकृति समेत हुने जानकारी दिएका छन् । पुस्तक अबको ६ महिनाभित्र प्रकाशित भइसक्ने उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अगाडि आत्कथाको आवरण सार्वजनिक गर्न आयोजित एक कार्यक्रममा उनले आत्मकथामा आफूले लेखेका कुराहरुलाई क्रस चेक गरेर असत्य ठहरिए हटाइदिन प्रकाशकलाई अधिकार दिएको बताएका थिए । प्रकाशक बुक हिल्स पब्लिकेशनले पनि थापाको लेखनीलाई प्रमाणका आधारमा भेरिफाई गरेर मात्र छापिने बताएको थियो ।

करिब ९० हजार शब्दको आत्मकथा ‘गणेश थापा’ यही फागुनमा सार्वजनिक हुने बताइएपनि थापाको स्वास्थ्यमा समस्या आएका कारण प्रकाशन केही ढिलो हुने भएको छ । किताबमा थापाको खेलाडी जीवन, एन्फामा आएपछि गरेको काम, विवाद लगायतका विषय समावेश छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com