लागुऔषधसहित रुपन्देहीमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको तिलोत्तमा नगरपालिका- २ का ३१ वर्षीय बिष्णु गाहा मगर र सिद्धार्थ नगरपालिका- २ का ३१ वर्षीय रेनु बनिया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्री जानकारी दिए ।
जिल्लालाई लागु औषध नियन्त्रण गर्ने अभियानका लागि खटिएको प्रहरीको टोलीले बुधबार सिद्धार्थनगर नगरपालिकाको वडा नं. १ स्थित बेलहिया तनहूँ होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट लागु औषधसहित विभिन्न कम्पनीका ९ वटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।