‘एमसीसी चीनलाई घेर्न आएको होइन’


प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार

सरकारका प्रवक्ता गोकुल बास्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा आइसकेको बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले एमसीसी परियोजना कार्यान्वयनमा आइसकेको बताउनुभएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका बास्कोटाले एमसीसी संसदको आगामी बैठकमा पेश हुने पनि बताउनुभयो । अमेरिकी कंग्रेसबाट पारित भएसकेको उल्लेख गर्नुहुँदै बास्कोटाले भन्नुभयो, ‘संसदमा लगिसक्यो । अब संसद जहिले सुरु हुन्छ पेश हुन्छ । यो कार्यान्वयनमा गइसक्यो । मैले यति बताउँछु यो कार्यान्वयनको प्रकृया सुरु भइसक्यो ।’

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि एमसीसी पारित गर्ने विषयमा आफ्नो स्पष्ट धारणा राखिसकेकाले पारित हुने उहाँले बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकबबाट पारित भएर परियोजना अगाडी बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो अगाडी बढ्छ । प्रधानमन्त्रीले पनि स्पष्ट भन्नुभएको छ । यो पास हुन्छ, संसदले पास गर्छ । केन्द्रीय कमिटीले यो पास गर्छ । त्यती हो कुरा मैले भन्ने ।’

बास्कोटाले चीनले अघि सारेको बिआरआई परियोजना अमेरिकालाई छेक्न र एमसीसी चीनलाई घेर्न नआएको स्पष्टिकरण समेत दिनुभएको छ । उहाँले आफुलाई ईण्डो प्यासिफिकका विषयमा भने कुनै जानकारी नभएको उल्लेख गर्नुभयो । इण्डो प्यासिफिक अमेरिकी पोलिसी भएको र नेपाल असंग्न परराष्ट्र नीतिमा अडिक रहेकाले त्यसले कुनै पनि असर गर्दैन, बास्कोटाले भन्नुभयो । देशको आर्थिक, सामाजिक रुपान्तरणका लागि चीनले अघि सारेको परियोजना बिआरआई पनि नेपाल सहभागि रहेको उल्लेख गर्नुहुँदै उहाले त्यसको ब्याख्याता आफुहरु नभएको बताउनुएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल कुनै पनि देशको सैन्य गतिविधिमा संलग्न नहुने उल्लेख गर्नुहुँदै बास्कोटाले भन्नुभयो, ‘‘एमसीसीमा सैन्य प्रस्ताव छ, की छैन भन्ने कुरा अर्को हेर्नुप¥यो । प्रतिवेदनमा पनि छ, छैन भनेर भन्नु पर्दैन् । छ भने पनि देखिन्छ, छैन भने पनि देखिन्छ । यसमा कुनै सैन्य गतिविधिमा संलग्न हुनुपर्ने हो भने हामी त्यो मान्दैनौँ एकमद प्रष्ट छ । जब त्यो कुरा त्यहाँ छँदै छैन भने हामीले ५ वर्षको लागि लिने सहयोगमा हामी आफु पनि केही गर्न नसक्ने अर्काले दिएको सहयोगमा शंका गर्ने हो भने हाम्रो देशमा सुख र समृद्धि कहिले प्राप्त गर्नै ? हामीले कहिले आर्थिक, सामाजिक रुपान्तरण गर्ने हो ? कहीले संसारका अरु देशसँगै हिँड्न सक्ने हो ?’’

एमसीसी सैन्य गतिविधिसँग सम्बन्धित छ भनेर कराउनुभन्दा पनि यति नम्बरमा छ भनेर देखाउन बास्कोटाले चुनौती समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘सैन्य छ, छ, छ भनेर यो स्याल जस्तो कराउनु पर्दैन् । छ भने यति नम्बर बुँदामा छ भन्यो सकियो त ।’

बास्कोटाले एडिबी, भारतीय तथा चिनियाँ एक्जिम बैंकले समेत ऋण दिँदा आफ्ना शर्तहरु राख्ने गरेको उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘वैदेशिक सहयोगमा ‘ब्यारिकेट’ खडा गर्नेगरि बहस गर्नु भनेको राष्ट्रवादको जामाभित्र अरुलाई राष्ट्रघाती देखाएर विकास, समृद्धि र परिवर्तनको योजनालाई रोक्ने र भयावह आइसोलेसन टापुको रुपमा विकास गराउने मान्यताभित्र पर्दछ ।’’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com