बिल गेट्सका ज्वाई हुने भए इजिप्टका खेलाडी, भन्छन् – ‘म संसारकै भाग्यमानी’


प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार

विश्वका धनी बिल गेट्सकी छोरी जेनिफर गेट्सले एकजना इजिप्टका खेलाडीको विहेको प्रस्ताव स्वीकार गरेकी छिन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्सकी जेठी छोरीले शो जम्पर नायल नसारको विहेको प्रस्ताव स्वीकार गरेकी छिन् ।

नसार सन् २०२० को टोकियो ओलम्पिकमा इजिप्टलाई योग्य बनाउने व्यक्ति हुन् । नसार र जेनिफरबीच इन्गेन्जमेन्ट भइसकेको जनाइएको छ ।

जेनिफरले आफ्नो बाँकी जीवन नसारसँग विताउनका लागि उत्साहित भएको बताएकी छिन् । दुबैजनाले स्टानफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए ।

घोंडचढीमा पोख्त नसारको बारेमा बोल्दै जेनिफरले गत बर्ष घोडाहरु आफ्नो जीवनको एउटा भागमात्र भएको र दुबैजनाले खेल मन पराउने बताएकी थिइन् ।

जेनिफरले विवाहको प्रस्ताव स्वीकारेपछि नासारले आफूलाई संसारको भाग्यमानी र खुशी व्यक्तिभएको अनुभव भएको बताएका छन् ।

बिल गेट्स दम्पत्तिले पनि आफूहरु छोरीको जोडीप्रति निकै खुशी भएको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com