अघिल्लो बर्षको तुलनामा अमेरिकाको भिजिटर भिसा अस्वीकृतहुने नेपालीको प्रतिशतमा कमी


प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार

आर्थिक बर्ष २०१९ मा नेपालीका लागि अमेरिकाको भिजिटर भिसा अस्वीकृत दर ५० दशमलव ७० प्रतिशत रहेको अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । अर्थात् भिजिटर भिसाका कुल नेपाली आवेदकमध्ये ४९ दशमलव ३० प्रतिशतले भिसा प्राप्त गर्न सफल भएका छन् ।

आर्थिक बर्ष २०१८ को तुलनामा २०१९ मा भिजिटर भिसा अस्वीकृत दर केही कम भएको छ । आर्थिक बर्ष २०१८ मा नेपालीको भिजिटर भिसा अस्वीकृत दर ५१ दशमलव ५३ प्रतिशत रहेको थियो ।

सन् २०१७ मा भने अस्वीकृत दरको तुलनामा स्वीकृत दर उच्च रहेको थियो । सन् २०१७ मा आवेदकमध्ये कुल ५३ दशमलव ५८ प्रतिशतले बी भिसा प्राप्त गरेका थिए । आर्थिक बर्ष २०१६ मा पनि कुल नेपाली आवेदकहरुमध्ये भिसा नपाउनेको तुलनामा पाउनेहरुको संख्या बढी थियो ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासले आर्थिक बर्ष २०१९ मा १४ हजार ६ सय १४ जनालाई भिजिटर भिसा जारी गरेको छ । उक्त आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा ८८०, दोश्रो महिना नोभेम्बरमा ९०८ र तेश्रो महिनामा डिसेम्बरमा ९९९ जनालाई काठमाडौं दूतावासले बी भिसा जारी गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै सन् २०१९ को जनवरीमा ८७५, फरबरीमा ८९३, मार्चमा १३९०, अप्रिलमा १९६९, मेमा १८२८, जुनमा १४०८, जुलाईमा १२९८, अगस्तमा ११३५, सेप्टेम्बरमा १०३१ जनालाई काठमाडौं दूतावासले बी भिसा जारी गरेको थियो ।

१८ हजार २ सय ७ जनालाई गैरआप्रवासी भिसा

आर्थिक बर्ष २०१९ को अवधिमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले १८ हजार २ सय ७ जनालाई गैरआप्रवासी भिसा जारी गरेको छ । जुन गतबर्षको तुलनामा ७९२ ले बढी हो । आर्थिक बर्ष सन् २०१८ मा काठमाडौंमा रहेको अमेरिकी दूतावासले १७ हजार ४ सय १५ गैरआप्रवासी भिसा जारी गरेको थियो ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासले आर्थिक बर्ष सन् २०१७ मा २१ हजार ८ सय ९३, सन् २०१६ मा २३ हजार ६ सय ७, सन् २०१५ मा १९ हजार ४९, सन् २०१४ मा १२ हजार ४ सय ४२, सन् २०१३ मा ९ हजार २ सय ४७, सन् २०१२ मा ८ हजार ४ सय ३८, सन् २०११ मा ८ हजार ३७ र सन् २०१० मा ८ हजार २ सय ७७ गैरआप्रवासी भिसा जारी गरेको थियो ।

१० बर्षको अवधिमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले १ लाख १ हजार ४६ हजार ६ सय १२ गैरआप्रवासी भिसा जारी गरेको छ । आर्थिक बर्ष सन् २०१९ मा भने विश्वभरबाट अमेरिकाले ८७ लाख ४२ हजार ६८ गैरआप्रवासी भिसा जारी गरेको छ । जुन विगत ४ बर्षको तुलनामा सबैभन्दा कम हो ।

दक्षिण एसियामा सबैभन्दा धेरै भने भारतमा रहेका दूतावास र कन्सुलेटहरुबाट गैरआप्रवासी भिसा जारी गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com