क्रिस गेल नेपाल आउँदै


प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार

वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका छन् ।

ईपीएल खेल्न गेल पोखरा राइनोजमा अनुबन्धित भएको पोखराले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com