राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेश


प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रियसभा सदस्य निर्वाचन ऐनबमोजिम प्रतिवेदन पेश गरेका हुन् । उक्त निर्वाचनमा २०७६ साल फागुन २० गतेदेखि रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यमध्ये १८ पदका लागि निर्वाचन भएको थियो ।

निर्वाचनमा सात प्रदेशबाट महिला समूहतर्फ सात जना, दलित समूहतर्फ दुई, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ दुई र अन्य समूहतर्फ सात जना निर्वाचित भएका छन् । प्रतिवेदनमा राष्ट्रियसभा गठनसम्बन्धी संवैधानिक एवं कानूनी व्यवस्था, निर्वाचन दल दर्ता, मतदाता नामावली, मतपत्र व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन कार्यक्रम, जनशक्ति र सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिता, निर्वाचन अनुगमन र अवलोकन तथा मतदान, मतगणना र परिणाम घोषणाका विषय उल्लेख छ । प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीयरूपमा सम्पन्न गरेकामा आयोगका पदाधिकारीलगायत निर्वाचनमा संलग्न सबै निकाय, संस्था एवं व्यक्तिलाई धन्यवाद प्रकट गरिन् ।

प्रत्येक दुई वर्षमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनले निर्वाचन सञ्चालनमा परिपक्वता ल्याउने र नियमितरूपले सिक्न अवसर मिलेको जनाउँदै उनले निर्वाचनमा मतदाता सहभागिता, मतदाता शिक्षा कार्यक्रम सञ्चालन, मतदानमा अनुपस्थित मतदाता र बदर मत सम्बन्धमा चासो व्यक्त गरेकी थिइन् । सो अवसरमा राष्ट्रपति भण्डारीले भविष्यमा हुने निर्वाचनलाई अझै सहभागितामूलक, शान्तिपूर्ण र व्यवस्थित तवरले गर्न निर्वाचन सुधारका क्षेत्रमा थप कार्य गर्नसमेत निर्देशन दिएको आयोगले जानकारी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेश गर्दै निर्वाचन सम्पूर्ण सरोकारवालाको सौहार्दपूर्ण एवं उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण एवं व्यवस्थितरूपमा सम्पन्न भएको जानकारी गराएका थिए । सो अवसरमा निर्वाचन आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल,आयोगका सचिव देवकुमारी गुरागाईंलगायत सहभागी थिए । -रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com