राम्रो निद्राका लागि अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनका ६ टिप्स


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

निद्राका बारेमा विभिन्न शोधहरु भइरहेका छन् । विभिन्न शोधहरुले विभिन्न कुराहरु बताएपनि स्वस्थ्य जीवनका लागि प्रयाप्त र राम्रो निद्रा आवश्यक मानिन्छ । अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनले राम्रो निद्राका लागि केही टिप्सहरु दिएको छ ।

१, कम्तीमा ७ घण्टा सुत्नको लागि आफ्नो तालिका मिलाउनुहोस् । हरेक दिन एउटै समयमा उठ्ने बानी बसाल्नुहोस् । चाहे तपाईको विदा होस् वा सप्ताहन्त, विहान उठ्ने समय एउटै बनाउनुहोस् ।

२, निद्रा नलाग्दासम्म विस्तारमा नजानुहोस् । विस्तामा गएको २० मिनेटसम्म पनि निद्रा नलागेमा बिस्ताराबाट बाहिर निस्कनुहोस् ।

३, आफ्नो बेडरुम शान्त र आरामदायी बनाउनुहोस् । तापक्रम एकदम तातो नबनाउनुहोस् ।

४, सुत्नुभन्दा कम्तीमा आधाघण्टा अगाडि सबै विद्युतीय उपकरणहरु बन्द गर्नुहोस् । सुत्ने बेलामा कोठामा उज्यालो कममात्र छिर्न दिनुहोस् ।

५, सुत्नुभन्दा ठीक अगाडि एकदम धेरै खानेकुरा नखानुहोस् । रातीमा भोक लागेमा हलुकामात्र खानुहोस् ।

६, सुत्नुभन्दा अगाडि मदिरा वा कफी नपिउनुहोस् ।

यदि तपाईले आजैदेखि यी अभ्यासहरु थाल्नुभएमा केही दिनमा नै फरक अनुभव गर्न थाल्नुहुनेछ । कृपया यी टिप्सहरु जनचेतनाका लागि शेयर गर्नुहोस् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com