सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बुधवारदेखि शुरू हुँदैछ । पार्टी एकतापछि बस्न लागेको पहिलो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आवश्यक तयारीमा जुटेका छन् ।
नेकपा सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय ओली र दाहालले संयुक्त रूपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताए । ‘केन्द्रीय कमिटी बैठकमा मुख्य रूपमा स्थायी कमिटी बैठकका एजेन्डा नै मुख्य एजेन्डा हुन्, प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन, आगामी कार्यायोजना लगायत विषयमा बैठकमा छलफल हुने एजेन्डा छ ।’ –राजधानी दैनिक
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।