भ्रमण बर्षको प्रवद्र्धनका लागि राखिएका यती हटाइयो, यतीलाई भगवान ठानेर ढोग्दै श्रद्धालु


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

भ्रमण वर्ष २०२० का लागि भन्दै सरकारले विभिन्न सम्पदास्थलमा राखिएका यतीका मस्कटबारे विवाद सृजना भएको विवाद पछि विभिन्न स्थानमा राखिएका यतीका मस्कट हटाइउको छ ।

हनुमानढोका, पाटन दरबार क्षेत्र र बौद्ध परिसर लगायतका क्षेत्रमा राखिएको यतीको मस्कट हटाइएको जनाइएको छ। एकातिर राखिएका यतीका मस्कटको स्वरुपबारे नै विवाद भएको छ भने अर्कोतर्फ कतिपय यतीको मस्कटमा पिठ्यूँमा जीवित देवी कुमारी र बुद्धको आकृति समेत बनाइएकोमा त्यसको विरोध भएको छ ।

हनुमानढोका क्षेत्रमा राखिएको दुईवटा यतीको पिठ्यूँमा जीवित देवी कुमारी र बुद्धको आकृति मिश्रित चित्र राखिएको थियो । त्यसको विरोध भएपनि त्यहाँ राखिएका यतीका मस्कट हटाइउको छ ।

बौद्ध परिसरमा सोमबार राखिएको यती पनि हटाइएको छ। विश्वसम्पदा सूचीमा रहेको बौद्ध स्तूपाअगाडि राखिएका यतीका मस्कटलाई त्यहाँ पुग्ने श्रद्धालुले भगवान ठानेर ढोग्न थालेपछि मस्कट हटाइएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाटन दरबार क्षेत्रमा राखिएका दुईवटा यती पनि हटाइएको छ। पशुपति क्षेत्रमा पनि यतीको मस्कट राख्न रोक लगाइएको छ।

चित्रसहित एउटा यती निर्माण गर्न ८ लाख खर्च भएको छ भने एक सय ८ यती बनाउन करिब १० करोड रुपैयाँ बजेट छुट्याइएको छ।तर यतीको स्वरुप बिगारिएको भन्दै त्यसको विरोध भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com