नेपाली अध्यागमनमा बायोमेट्रिक रेकर्ड राखिने, अमेरिकी सफ्टवेयरको साटो नयाँ सफ्टवेयर


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

नेपालको अध्यागमनमा अमेरिकी सफ्टवेयर राख्ने विगतको निर्णय उल्टाएको सरकारले नेपाली पोर्ट नामको आफ्नै सफ्टवेयर राखेको छ । यात्रुको औंठाछाप, तस्वीर र आँखाको रेटिनाको समेत रेकर्ड राख्नेगरी अध्यागमन विभागले नेपाली पोर्ट नामको यो सफ्टवेयरको सुरुवात गरेको छ ।

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल स्थित अध्यागमन विभाग अन्तरगतको यस आधुनिक पोर्टको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार औपचारिक उद्घाटन गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले नेपाली पोर्ट को उद्घाटन गर्नुभएको हो ।

प्रचण्ड प्रधानमन्त्री भएको बेला अमेरिकाले निर्माण गरेको सफ्टवेयर राख्ने निर्णय गरिएकोमा गत वैशाखमा उक्त निर्णय उल्टाएर नेपाली सफ्टवेयर नै राख्ने निर्णय गरिएको थियो । यो अत्याधुनिक बोर्डर कन्ट्रोल प्रणाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १२ अध्यागमन नाकामा लागु गरिने भएको छ ।

यो सफ्टवेयर लागू भएपछि धेरै सुरक्षा चुनौती घट्ने विश्वास गरिएको छ भने नेपाल प्रवेश गर्ने र नेपालबाट बाहिरिने सबै यात्रुको बायोमेट्रिक्स लिइने भएको छ। एकपटक बायोमेट्रिक्स लिइसकेका यात्रु पुनः अर्काको राहदानी दुरुपयोग गरी यात्रा गरे त्यस्ता व्यक्ति तत्काल पक्राउ पर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नाबालक र अपांगता भएका व्यक्तिको भने बायोमेट्रिक्स नलिइने जनाइएको छ । अब इन्टरपोलको डाटामा पनि अनलाइन पहुँच हुनेछ, जसले गर्दा इन्टरपोलमा सूचीकृत संदिग्धको आवागमन रोकिने भएको छ।

विभागले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, वैदेशिक यात्रा अनुमति शाखा, नेपाल प्रहरीको स्पेसल ब्युरोसँग नेपाली पोर्ट जोडेको छ। नेपाल आउने पर्यटकको गतिविधि नियाल्न प्रत्येक होटलमा सफ्टवेयरको पहुँच दिने तयारी गरिएको छ।

मन्त्रालय परिसरमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र नेपाली पोर्टको छुट्टै सर्भर रहनेछ। पूर्ण सुरक्षित सर्भरमा नेपालको कन्ट्रोलमा सबै डाटा रहन्छन्।

नेपाली अध्यागमनमा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली नहुँदा अमेरिकाले नेपालमा आतंककारी चलखेल हुनसक्ने भन्दै बेलाबेलामा रिपोर्ट नै प्रकाशित गर्दै आएको छ । नेपालका विमानस्थल र अध्यागमनमा व्यापक सुरक्षा चुनौती भएको भन्दै पटकपटक आलोचना समेत हुने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com