सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । गुल्मी मुसिकोट नगरपालिका घर भएका आकाश भनिने गोविन्दबहादुर विक जिल्ला सदरमुकाम तम्घासबाट पक्राउ परेका हुन् ।
आफ्नो व्यक्तिगत कामको सिलसिलामा सदरमुकाम तम्घास आएका विकलाई रेसुङ्गा नगरपालिका- २ अन्तर्गत जीप पार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक खड्काले बताए । विकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तम्घासमा हिरासतमा राखिएको छ ।
पछिल्लो समयमा नेत्रविक्रम चन्द समूहले जिल्लामा चन्दा आतङ्क बढाएको भन्दै प्रहरीले सो समूहका गतिविधिमाथि निगरानी बढाइरहेको जनाएको छ । -रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।