नेपालमा कोरोना भाईरस संक्रमितको संख्या २ पुग्यो, फैलन सक्ने खतरा !


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

नेपालमा दुईजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई पुगेको हो । चीनबाट नेपाल आइपुगेकी ४८ वर्षकी महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको अस्पताल स्रोतको भनाइ छ । हङकङ पठाइएको रगतको नमुना परीक्षणबाट उनमा भाइरस संक्रमण पुष्टि भएको हो । ती महिलासँगै अस्पताल भर्ना भएका २८ वर्षका पुरूषमा भने भाइरस संक्रमण नभएको पुष्टि भएको अस्पतालको भनाइ छ ।

टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनको बाटो हुँदै नेपाल फर्किएका थिए । संक्रमित महिला चीनमा आयोजित एक कार्यक्रमबाट फर्केकी थिइन् भने पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com