आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

गायिका आस्था राउत ४ दिन हिरासतमा रहने भएकी छिन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उनलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

विमानस्थलमा प्रहरीसँग झगडा गरेर विवादमा आएकी उनलाई पक्राउ अनुमति जारी भएपछि आज सोमबार बिहान उनी आफैँ परिवारका सदस्यसहित महानगरीय प्रहरी परिसर टेकु पुगेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेर प्रहरीलाई गाली गरेकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com