सरसफाइले नेपालगञ्जको मुहार फेरिँदै


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

‘फोहोरी शहर’ को विशेषण लाग्ने गरेको नेपालगञ्ज अहिले सफासुग्घर शहरका रुपमा परिष्कृत हुँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरमिनियामा अत्याधुनिक ल्याण्डफिल साइट (फोहोर प्रशोधन केन्द्र)ले फोहरलाई प्राङ्गारिक मलका रुपमा ‘मोहर’ बनाउन थालेपछि नेपालगञ्ज सफासुग्घर शहरका रुपमा परिष्कृत हुँदै गएको हो ।

“टोलटोलमा थुपारिएका फोहर सफाइ कर्मचारीले सङ्कलन गर्छन् र ल्याण्डफिल साइटमा रहेको मेशिनबाट हामी फोहरलाई ‘मोहर’मा परिणत गछौँ”, उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने । यो शहरमा दैनिक २५ देखि ३० टनसम्म फोहर उत्सर्जन हुनेगर्छ । ल्याण्डफिल साइटमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिने वातावरण तथा सरसफाइ इञ्जिनीयर प्रकाश डीसीले बताए । “तपाईहरु ढुक्क हुनुस्, अब नेपालगञ्ज शहर पूर्णरुपमा फोहरबाट मुक्त हुन्छ” नगर प्रमुख डा धवलशम्शेर राणाले भने, “सबै नगरवासीले पनि नेपालगञ्जलाई फोहरमुक्त बनाउन हामीलाई सधैँ साथ भने दिनुपर्छ ।” एशियाली विकास बैंक, शहरी विकास आयोजना र उपमहानगरपालिकाको संयुक्त लगानी गरेर रु ३९ करोडमा यहाँ ल्याण्डफिल्ड साइट निर्माण गरिएको हो ।

सम्झौता अनुसार ल्याण्डफिल साइटको सञ्चालन एक वर्षसम्म निर्माण कम्पनीले नै गर्नेछ । प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भने, “उपमहानगरपालिकाका कर्मचारीले शहरमा कुचो लगाएर थुपारेको तथा नागरिकले डस्टबिनमा राखेको फोहर निर्माण कम्पनीका कर्मचारीले सङ्कलन गरी सञ्चालन गर्ने सम्झौता गरिएकोे छ, एक वर्षपछि भने ल्याण्डफिलको सबै जिम्मा उपमहानगरपालिकाले लिनेछ ।” -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com